२ कार्तिक २०८३, सोमबार

लोक सेवा आयोगमा को-को सिफारिस भए ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Singha-Durbar

काठमाडौँ, १४ फागुन । संवैधानिक परिषद्ले लोकसेवा आयोगको अध्यक्षमा पुर्व सचिव उमेश मैनालीलाई नियुक्तिका लागि सिफारिस गरेको छ ।

परिषद्ले अन्तरिम संविधान २०६३ को धारा १२५ को उपधारा २ बमोजिम मैनालीलाई सिफारिस गरेको हो । त्यस्तै आयोगका सदस्यहरुमा बिन्द्रा हाडा भट्टराई (काठमाडौँ), डा गोविन्द कुसुम (काठमाडौँ), श्रीपुरुष ढकाल (ललितपुर), अशोककुमार झा (सप्तरी), ब्रम्हदेब राय (सर्लाही) र श्रीकृष्णचन्द्र झा (धनुषा) लाई नियुक्तिका लागि सिफारिस गरेको परिषद्का सचिव रहेका मुख्य सचिव लिलामणि पौड्यालले बताउनुभयो ।

नियुक्तिका लागि परिषद्ले सिफारिस गरिएका उक्त नामहरुलाई संसदीय सुनुवाई विशेष समितिले सुनुवाई गरेर पारित गरेपछि राष्ट्रपतिले नियुक्ति गर्ने कानुनी प्रावधान छ ।