
काठमाडौँ, १४ फागुन । नेकपा एमालेका केन्द्रीय सदस्यको कार्यविभाजनमा बिहीबार पनि सहमति जुट्न सकेन ।
नेताहरुको कार्यविभाजन र पाँच वैकल्पिक केन्द्रीय सदस्यको मनोनयनका लागि शीर्ष नेताबीच सहमति जुट्न नसकेपछि बिहीबार बस्ने भनिएको स्थायी कमिटीको बैठक त्यसै स्थगित भयो ।
मनोनयनको सिफारिसका लागि अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा गठित शीर्ष नेता सम्मिलित कार्यदलको गठन गरिएको थियो । अर्को बैठक कहिले बस्ने भन्नेमा पछि जानकारी गराइने एमाले केन्द्रीय कार्यालयले जनाएको छ ।
स्थायी कमिटीको बुधबारको बैठकले विभिन्न १० जनालाई केन्द्रीय कमिटीको पूर्ण सदस्यमा मनोनयन गरेको थियो ।
खासगरि, केन्द्रीय पदाधिकारीहरुको जिम्मेवारी बाँडफाँडमै बढी समस्या देखिएको छ । विदेश विभाग, प्रचार विभाग, मोर्चा संगठन लगायतमा नेताहरुबीच सहमति जुट्न सकेको छैन ।















प्रतिक्रिया