काठमाडौँ, १४ फागुन । सांस्कृतिक पहिचानलाई संरक्षण गर्ने उद्देश्यले यही फागुन १६ गते ‘धोती सम्मेलन’ हुने भएको छ ।
डिभाइन इन्टरनेशनल युथ एसोसिएसन–मधेस (डिया मधेस)ले पत्रकार सम्मेलन मार्फत संस्थाका संयोजक राजेशकुमार जलानले वैदिक कालदेखि नै विभिन्न ऋषिदेवले पहिरिएको धोती मधेसी समुदायको पहिरन तथा सभ्यताको महत्वपूर्ण संस्कृति भएको भए पनि अहिले सो संस्कृति विभिन्न कारणले लोप हुनथालेकाले त्यसको संरक्षणका लागि यस्तो कार्यक्रम गर्न लागिएको जानकारी दिनुभयो ।
उहाँले धोती लगाउने मानिसलाई काठमाडौँ उपत्यकालगायतका केही स्थानमा हेयको दृष्टिकोणले नहेर्न आग्रह गर्दै मुलुकमा बसोबास गर्ने सम्पूर्ण जाती समुदायका संस्कृतिलाई एक आपसमा सम्मानको भावना विकास गरिँदै गएमा सामाजिक सद्भाव तथा एकता अभिवृद्धि हुने विचार व्यक्त गर्नुभयो ।
बानेश्वरस्थित संविधानसभा भवन अगाडि सडकमै गरिने सो सम्मेलनमा धोती लगाउने संस्कृतिको प्राचीन महत्वकाबारेमा छलफल तथा अन्तक्र्रिया गरिने छ ।















प्रतिक्रिया