३० आश्विन २०८३, शुक्रबार

लोकलाई लाज: प्रमुख आयुक्त लोकमान कार्कीले अख्तियारबाटै छोरी अन्माए

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Lok-Man-Singh-Karki_20130510090120काठमाडौं, १४ फागुन । पदको दुरुपयोग गर्ने कर्मचारीलाई कारवाही गर्ने निकायका कर्मचारी आफैले पदको दुरुपयोग गरेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले आफ्नो पदको दुरुपयोग गरेका हुन् ।

विहीबार कार्कीले छोरीको बिहे अख्तियारको केन्द्रीय कार्यालयभित्रै गराएका छन् । कार्यालयमै छोरीको विहे कार्यक्रम आयोजना गर्दा सरकारी सेवा केहीबेर अवरुद्ध भएको थियो ।

सरकारी कार्यालय परिसर भित्रै लोकमानको सरकारी निवासबाट भएको विवाह समारोहले सर्वसाधारण नागरिकसहित अख्तियारकै कर्मचारीहरूले अख्तियारभित्र छिर्न पाएनन् ।

लोकमानकी छोरी डा. अध्या कार्कीको बिहे बिहीवारको लगनमा पूर्वराजपरिवारसँग निकट व्यापारी रोहिणी थपलियाका छोरा शुभाषिस थपलियासँग भएको छ ।

विहे समारोहका कारण पत्रकारले पनि अख्तियार भवनभित्र प्रवेशमा गर्न पाएनन् ।