२ कार्तिक २०८३, सोमबार

लायन्सले भन्यो सामाजिक कार्य प्राथमिकतामा परोस !

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Layon

काठमाडौं, १४ फागुन । आफ्ना समाचार समाचारदाताका नजरमा नपरेकोमा लायन्सका लायनहरुलाई कुनै गुनासो थिएन । तर, उनीहरुलाई गुनोसो यस कुरामा थियो समाचारबाट लाभाविन्त हुनुपर्ने वर्गले लायन्स क्लबसले प्रदान गर्ने सेवाबाट बञ्चित भएकोमा ।

किन लायन्स क्लबस र क्लबसले गरेका समाजसेवाका कार्यहरु समाचार बन्न सकेनन् त ? भन्ने विषयमा बिहीबार लायन्स क्लबले पहिलो पल्ट सञ्चारकर्मीसँग अन्तरकृया कार्यक्रम गर्यो । क्लबको भावी रणनितीका बिषयमा सञ्चारकर्मीसँग गरिएको अन्तरकृया कार्यक्रममा विभिन्न सञ्चार माध्यमका सञ्चारकर्मीले क्लबलाई सुझाव दिएका थिए ।

अन्तकृया कार्यक्रममा सञ्चारकर्मीले लायन्सका कार्यक्रमका बारेमा आफूहरुलाई थाहा नभएको गुनासो गरेका थिए । लायन्स क्लबसले नेपालमा सबैभन्दा धेरै समाज सेवा गरेकोमा गर्व गर्दै सञ्चारकर्मीले क्लबलाई आफूले गरेका कामको तथ्याङ्क उपलब्ध गराउन अनुरोध गरेका छन् । आम सर्वसाधारण मानिसले लायन्स क्लब भनेको हुने खानेहरुमात्रै आवद्ध हुने संस्था भनेर बुझेकाले यो बुझाईलाई चिर्नका लागि सहभागी सबैजसो पत्रकारले अनुरोध गरेका थिए ।

लायन्स क्लबसले नेपाल सरकारसँग सहकार्य गरेर रुबेला तथा दादुरा विरुद्धको खोप देशभरीका १३ वर्ष मुनिका १ करोड बालबालिकालाई प्रदान गरेको खबरसम्म सञ्चारको पहुँचमा नपुग्नुलाई सञ्चारकर्मीले समेत आर्चय मानेका थिए । यस्ताखालका ठूल ठूला कार्यक्रम गर्नु पुर्व एक पटक पत्रकार सम्मेलन गरि सञ्चारको पहुँचसम्म पुग्नका लागि पनि सञ्चाकर्मीले क्लबका पदाधिकारीलाई सुझाएका थिए । उनीहरुले लायन्सका सेवा र कार्यक्रमका समाचारले सञ्चारमाध्यममा स्थान नपाउनुमा लायन्सकै कमजोरी रहेको बताएका थिए ।

लायनहरुले पनि आफ्नो पहुँच मिडियासम्म नभएको महशुस गर्दै मिडियासँगै सहकार्य गर्ने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको बताएका छन् । उनीहरुले आफूहरुलाई समाचार कसरी बन्ने भन्ने कुरामा ज्ञान नभएका कारण आजसम्म पछि परेकोमा आफ्नो कमजोरिलाई सच्याउँदै लैजाने समेत बताएका छन् ।

उनीहरुले समाजसेवा अथवा कुनै पनि सकारात्मक समाचारले पाउनु पर्ने जति स्थान नपाएकोमा गुनासो समेत गरेका छन् । सम्पूर्ण मिडिया प्रमुखसँग लायन्स क्लबका लायनहरुले अन्य समाचारको जस्तै सकारात्मक समाचारको पनि कोलम छुट्टाएर समाचार सम्प्रेसण गर्न अनुरोध गरेका छन् ।

सम्पूर्ण सञ्चारकर्मीलाई विकासमुखी पत्रकारिता गर्न समेत उनीहरुले सुझाएका छन् । आम सर्वसाधारणमा लायन्स हुने खानेको संगठन भन्ने भ्रम परेकाले यो त्यस्तो संस्था नभएको प्रष्टपार्दै लायनहरुले लायन्स क्लबले विशुद्ध समाज सेवा गर्दै आएको र निरन्तर गर्ने बताएका छन् ।

लायन्स क्लबस ले निकट भविष्यमा लधुवित्त कार्यक्रम अन्तर्गत बिना धितो निमुखा जनतालाई सामुहिक जमानीमा रकम प्रदान गर्ने तथा लायन्स क्बल अन्तराष्ट्रियले सुविधा सम्पन्न स्थापना गर्ने जानकारि दिदै यस्ता खालका कार्यमा सँगै सहकार्य गरिदिन समेत अनुरोध गरेका छन् ।

कार्यक्रममा राजधानी दैनिकका सम्पादक राजन शर्मा, नेपाल समाचार पत्रका सम्पादक टंक पन्त, गोरखा पत्र संस्थानका महाप्रवन्धक शुसिल कोईराला, द हिमालयन टाइम्सका सम्पादक प्रकाश रिमाल, पत्रकार महासंघका उपाध्यक्ष अनिता बिन्दु, रेडियो नेपालका समाचार प्रमुख खगेन्द्र खत्री, बानका अध्यक्ष गोपाल झा, एकोर्याबका उपाध्यक्ष रमेश जोशी लगायत विभिन्न सञ्चार माध्यमका प्रमुखहरुले आ आफ्ना धारणा राखेका थिए ।

लायन्स क्लब इन्टरनेसनल डायमण्डका अध्यक्ष गोपाल पौड्यालको सभापतित्वमा भएको कार्यक्रममा लायन मधुकरकुमार उपाध्याय, डिआर ढुङ्गाना, केशर भण्डारी, भद्र भण्डारी, शुसिल भट्टराई, बासुदेव घिमिरेलगायतले लायन्स क्लबको भुमिका बारे सञ्चारकर्मीलाई प्रष्ट पारेका थिए ।