२ कार्तिक २०८३, सोमबार

युवतीसंग अश्लील हर्कत गर्ने प्रहरी जवान फन्दामा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ARRESTगौशाला, १४ फागुन । विद्युतीय माध्यम प्रयोग गरी युवतीलाई अश्लील तस्बिर, भिडियो र शब्द पठाएर साइबर क्राइम गरेको आरोपमा महोत्तरीमा एक प्रहरी जवान पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बारा जिल्ला फूलबरिया गाविस–४ घर भई जनकपुर अञ्चल प्रहरी कार्यालयमा कार्यरत विकासकुमार सिंह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

पीडित युवतीको जाहेरीले प्रतिवादी सिंहलाई महोत्तरी प्रहरीले नियन्त्रणमा लिई महोत्तरी जिल्ला अदालतमा म्याद थप गरी अदालतकै आदेशानुसार विद्युतीय कारोबार ऐन साइबर क्राइम मुद्दामा उनीमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक लोकेन्द्र श्रेष्ठले बताउनुभयो ।