११ कार्तिक २०८३, बुधबार

एमाओवादी मोर्चाको आन्दोलन जनताको अहितमा : वरिष्ठ नेता देउवा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sher-bhadur-Deubaविराटनगर, १४ फागुन । नेपाली काँग्रेसका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सहमतिमै संविधान जारी हुने बताउनुभएको छ ।

यहाँ आज पत्रकारहरुसँगको भेटघाटमा उहाँले सहमतिमै संविधान बनाउनका लागि प्रतिपक्षी मोर्चालाई आन्दोलन बन्द गरेर वार्तामा आउनुपर्ने धारणा प्रकट गर्नुभयो ।

निर्धारित समयमा संविधान जारी नभएको अवस्था सरकार असफल भएको चर्चाको सम्बन्धमा पत्रकारहरुले जिज्ञासा राख्दा नेता देउवाले भन्नुभयो, “सरकार असफल नभएको, शान्ति प्रक्रिया अगाडि बढिरहेको भन्दै संविधान जारी गर्ने तिथि सरकारले होइन कि राजनीतिक दलले गरेका थिए ।”

नेपाली काँग्रेस पार्टीबाट नै प्रधानमन्त्रीको राजीनामा मागिएको सम्बन्धमा पत्रकारको अर्को जिज्ञासामा उहाँले कसैले पनि राजीनामा नमागेको आफूले मात्र पत्रपत्रिकामा पढेको भन्नुभयो ।

संविधानको विवादित विषयमा जनमत सङ्ग्रह गर्ने सम्बन्धमा उहाँले जनमत सङ्ग्रह आफैँमा राम्रो भए पनि जहिले पनि साना–साना विषयमा पनि जनमत सङ्ग्रहको माग हुन सक्ने सम्भावना व्यक्त गर्नुभयो ।