काठमाडौं, १४ फागुन । विश्वकप क्रिकेटमा विहीवारको दोस्रो खेलमा श्रीलंका विजयी भएको छ । बंगलादेशलाई ९२ रनले हराउँदै श्रीलंकाले दोस्रो जित दर्ता गरेको हो ।
टस जितेर पहिले ब्याटिङ उत्रिएको श्रीलंकाले निर्धारित ५० ओभरमा १ विकेट गुमाउँदै ३३२ बनाएको थियो । प्रतियोगितामा बलिङमा कमजोर देखिएको बंगलादेशका क्रिकेटरको व्याटिङ पनि नचल्दा ४७ ओभरमा अलआउट हुँदै २४३ रनमा सिमित भयो ।
श्रीलंकाका कुमार सांगाकारा र तिलकरत्ने दिलशानको साझेदारीले २१० रनको मद्दतमा ३३३ रन बनाएपछि बंगलादेशलाई लक्ष्य पूरा गर्न असहज भएको थियो ।
श्रीलंकाका लागि दिलशानले सर्वाधिक १६१ रन बनाए । सांगाकाराले १०५ रन बनाए । श्रीलंकाका लहिरु थिरमान्ने अर्ध सतक बनाएर ५२ रनमा आउट भए । प्रतियोगितामा बंगलादेशका व्यासम्यान चल्न सकेनन् ।














प्रतिक्रिया