२ कार्तिक २०८३, सोमबार

चितवनमा पुष्प व्यवसाय परामर्श केन्द्र स्थापना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

1

चितवन, १४ फागुन । पुष्प व्यवसायलाई विस्तार गर्ने उद्देश्यले चितवनमा पुष्प व्यवसाय परामर्श केन्द्र स्थापना गरिएको छ । कृषि मन्त्रालयको सहयोगमा फ्लोरिकल्चर एशोसिएशन नेपालले चितवन लगायतका आसपासका जिल्लामा पुष्प व्यवसायको विस्तार गर्न परामर्श केन्द्रको स्थापना गरेको हो ।

परामर्श केन्द्रको उद्घाटन प्रमुख अतिथि जिल्ला कृषि बिकास कार्यालय चितवनका प्रमुख सोमनाथ घिमिरेले गर्नुभएको थियो । चितवन र आसपासका जिल्लामा पुष्प व्यवसायको विकास, बिस्तार र प्रबद्र्धन गर्न परामर्श केन्द्रको स्थापना गरिएको फ्लोरिकल्चर एशोसिएशन नेपालका अध्यक्ष लोकनाथ गैरेले जानकारी दिनुभयो ।

3उहाँका अनुसार काठमाडौं र पोखरा पछिको ठूलो पुष्प तथा पुष्पजन्य उत्पादन तथा बिक्री हुने मुख्य स्थान भएकोले यस क्षेत्रमा खुलेको परामर्श केन्द्रबाट धेरै भन्दा धेरै पुष्प व्यवसायी लाभाम्वित हुनेछन् ।

कार्यक्रममा सरोकारवाबीच पुष्प व्यवसायीका समस्या, सरकारी अनुदान तथा केन्द्रले गर्नुपर्ने सहयोग लगायतका बिषमा छलफल भएको थियो ।