काठमाडौं, १४ फागुन । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले धुमधामका साथ दुलही भित्र्याएका छन् ।
बिहीबार वैवाहिक बन्धनमा बाधिएका पारसले प्रेमिका प्राप्ति राज्यलक्ष्मी राणालाई दुलही बनाएर आफ्नो घर भित्र्याएका हुन् ।
प्रतिकुल मौसमका बाबजुद राजधानीको होटल सांग्रिलामा पारस र प्राप्तिबीच बिहीबार विवाह भएको हो ।विवाहमा नेपाली क्रिकेट टोलीका अधिकांश सदस्यहरु सहभागी थिए ।
नेपाली टोलीका प्रशिक्षक पुवुदु दशानायके ढाका टोपी लगाएर जन्ती गएका थिए । हिजो स्वयंवर कार्यक्रम सम्पन्न गरेका पारसले आफ्नी दुलहीको सिउँदोमा आज सिन्दुर हालेका छन् । तीन वर्ष अघि नै इन्गेजमेन्ट गरेका पारस र प्राप्तीबीच लामो समयदेखि प्रेम सम्बन्ध थियो ।















प्रतिक्रिया