२९ आश्विन २०८३, बिहिबार

विश्वकपमा क्रिकेटमा अफगानिस्तानको ऐतिहासिक जित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Cricket WCup Afghanistan Scotland

काठमाडौं, १४ फागुन । अष्ट्रेलियामा जारी विश्वकप क्रिकेटमा अफगानिस्तानले पहिलो ऐतिहासिक जित हात पारेको छ ।

विहीवारको खेलमा स्कटल्याण्डलाई १ विकेटले पराजित गर्दै विश्वकप क्रिकेटमा पहिलोचोटी सहभागिता जनाएको अफगानिस्तानले ऐतिहासिक जित दर्ता गराएको हो ।

स्कटल्याण्डले दिएको २ सय ११ रनको लक्ष्यलाई अफगानिस्तानले ३ बल बाँकी छँदा पूरा गरेर संघर्षपूर्ण विजयलाई सफल बनाएको हो ।

अफगानिस्तानका सपुर जद्रानले अन्तिम ओभरमा चौका हानेर स्कटल्याण्डले दिएको लक्ष्यलाई पूरा गरे । समिउल्लाह सेनवारीले ९६ र जाभेद हमादीले महत्वपूर्ण ५१ रन बनाएपछि अफगानिस्तान जित्ने वाटोमा हानिएको थियो ।

अन्तिम ओभरमा चौका हानेर विजयी गराउने सपुर जद्रान १२ रनमा नटआउट रहे । बलिङतर्फ बेरिङटनले ४ विकेट लिए । डेभि र इभान्सले २–२ तथा हकले एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको स्कटल्याण्डले निर्धारित ५० ओभरमा २ सय १० रन बनाएको थियो । स्कटल्याण्डका लागि मजिद हक र मत मचानले समान ३१–३१ रन बनाएका थिए ।

स्कटल्याण्डका बलर सपुर जद्रानले सर्बाधिक व्याटिङ गर्दै अफगानिस्तानका ४ विकेट लिए । दवालत जद्रानले ३ तथा हमिद हसन, मोहमद नाभि र गुलाबदीनले १–१ विकेट लिएका थिए ।

यो जितसंगै अफगानिस्तानले विश्वकप यात्रालाई जिवितै राखेको छ । भर्खरै डिभिजन वानमा बढुवा भएको अफगानिस्तानले यसअघिका खेलमा निरन्तर पराजित हुँदै आएको थियो ।