२९ आश्विन २०८३, बिहिबार

दिपाश्रीले भनिन्–‘वैशले ४० मा छोपेपछि के गर्ने ?’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dipashree-hot-photo

काठमाडौं । नेपाल टेलिभिजनको हास्य टेलिश्रृखला तितो सत्यकी कलाकार दिपाश्री निरौंला अहिले चर्चामा छिन् । चर्चामा आउनुको कारण उनलाई अहिले वैश चढेको छ ।

४० वर्षको उमेरसम्म केटा नपाएर विहे गर्न नसकेकी दिपा भन्छिन्-‘असली जवानीको झल्को त ४० वर्ष पुगेपछि मात्रै आउदो रहेछ ।’ बेला बेला कलाकारहरु चर्चा आइरहन्छन् । तर दिपाश्री सधैजसो चर्चामा हुने गर्छिन् ।

पछिल्लो केही समय यता दिपाश्रीका हट तस्बिरहरु सार्वजनिक भएका छन् । सेलिवेट्रीहरुमा दिपाश्री तस्बिर सार्वजनिक गर्न खुबै अग्रसर छिन् ।

दीपाश्री तस्विर सार्वजनिक गर्न धेरै तरिका अपनाउँछिन् जसका कारण चर्चामा आइराख्छिन् ।

तस्विर सार्वजनिक गर्दै दिपाश्री भन्छिन्-‘वैशले ४० मा छोपेपछि के गर्ने ?’ तितो सत्यमा दिपककी श्रीमती भनेर चिनिने दिपाश्री रियल लाईफमा त्यो अवसर पाएकी छैनन् । जसका कारण ४० को उमेरमा तस्विरबाटै वैशसंग मज्जा लिइरहेकी छिन् ।

अहिले उनी दिपकसंग मलेसियामा रोमान्स गर्दैछिन् ।  खबरअनुसार दिपाश्री अब विहे गर्ने मुडमा छिन् । त्यसका लागि केटा खोज्दैछिन् । तर पाउन सकेकी छैनन् ।