
बेलौरी (कञ्चनपुर), १४ फागुन । पतञ्जलि योगपीठ हरिद्वारका महामन्त्री आयुर्वेद शिरोमणि बालकृष्ण आचार्यले नेपालको जडीबुटी सदुपयोग गर्ने योजना रहेको बताउनुभएको छ ।
महाकाली–मेची राष्ट्रिय योग जागरण यात्राको उद्घाटन गर्न बुधबार महेन्द्र्रनगर आउनुभएका आचार्यले पतञ्जलि योग समिति कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाललगायत सुदूरपश्चिममा जडीबुटीको थुप्रै सम्भावना भएकाले यसको सदुपयोग गर्न योगपीठ गम्भीर भएको बताउनुभयो । “यहाँ रहेको जडीबुटीलाई संरक्षण, संवद्र्धन र सदुपयोग गर्नुपर्छ”, उहाँले भन्नुभयो । आचार्यले विश्वमा अधिकांश देशमध्ये नेपालमा धैरै किसिमका जडीबुटी पाइने र यसको सदुपयोग गर्न जडिबुटी उद्योग स्थापना गर्न सकिनेसमेत बताउनुभयो ।
उहाँले नेपाल ऐतिहासिक भूमि भएको र ऐतिहासिकता खोज्न नेपाल आउनुपर्ने बताउनुभयो । “नेपाल ऋषिमहर्षिको भूमि हो”, उहाँले भन्नुभयो । नेपालको हितका लागि आफ्नातर्फबाट सक्दो प्रयास गर्ने प्रतिबद्धतासमेत उहाँले व्यक्त गर्नुभयो । रासस















प्रतिक्रिया