२ कार्तिक २०८३, सोमबार

मन्दिर स्थापनाका लागि ३ आना जग्गा दान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रसुवा, १४ फागुन । रसुवाको लहरेपौवा गाविस बोगटीटारका भैरवबहादुर आचार्य र उनकी बहिनीले स्थानीय राधा कृष्ण मन्दिरका लागि ३ आना जग्गा निःशुल्क दान गरेका छन् ।

लहरेपौवामा आयोजित उत्तरगया भजन मण्डली, स्थानीयवासीको आयोजनामा ओम नम शिवाय १२ घण्टे अखण्ड किर्तन सम्पन्न भएको थियो । स्थानीय उत्तरगया युनिक युथ क्लव, गोसाईकुण्ड युवा क्लवको सहयोगमा भएको कार्यक्रममा स्थानीय व्यापारी आनन्दलाल श्रेष्ठले पुजा सामाग्रीहरु प्रदान गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा रसुवाका माननीय सभासद जनार्दन ढकालको समेत उपस्थिती रहेको थियो । जग्गा प्राप्त भएकोले आवश्यक सहयोग सामाग्रीहरु संकलन गरी मन्दिर निर्माण सुरु गर्ने स्थानीवासीले जानकारी दिए ।