काठमाडौं, १४ फागुन । अन्तर्राष्ट्रिय स्तरमा ख्याती प्राप्त नेपाली विज्ञहरुले समुहमा आवद्ध भएर संगठन खोलेका छन् ।
विश्व बैंक, संयुक्त राष्ट्र संघ, एसियाली विकास बैंक लगायतका अन्तर्राष्ट्रिय बहुपक्षीय संस्थाहरुमा काम गरिसकेका नेपाली अनुभवी विज्ञहरुको राजधानीमा सम्पन्न बैठकले भिम उदासको अध्यक्षतामा फोरम अफ इन्टरनेशनल प्रोफेसनल्स अफ मल्टिल्याटर अर्गनाइजेसन्स् नामको संगठन स्थापना गरेका हुन् ।
संगठनको उपाध्यक्षमा चाँदनी जोशी, महासचिवमा डा. सुरेशराज शर्मा, कोषाध्यक्षमा मदन राईलाई चयन गरिएको छ । यस्तै, सदस्यहरुमा डा. रीता थापा, डा. विष्णु पन्त र विनोद सिजापतीलाई चयन गरिएको अध्यक्ष भीम उदासले जानकारी दिनुभयो ।
विश्वका कयन विकसित विकासोन्मुख र अल्पविकसित मुलुकमा विभिन्न क्षेत्रमा लामो समय काम गरेर ज्ञान अनुभव बटुलेका विज्ञहरुको यो समुहले नेपालको विकास समृद्धि र नेपाली जनताको सेवामा योगदान पुर्याउने लक्ष्य राखेको छ ।
‘लामो समय विदेशमा सेवा गर्यौं, अब देश र जनताका लागि केही गरौं भन्ने भावनाले हामीहरु संगठित भयौं,’ अध्यक्ष दासले भन्नुभयो । उहाँका अनुसार संगठनमा विदेशमा अनुभव वटुलेर नेपालमा रहेका ६० जना विज्ञहरु छन् ।
अन्तर्राष्ट्रिय क्षेत्रमा आर्जित गरेको उत्कृष्ट अनुभवलाई सामुहिक रुपमा मातृभुमिको विकासमा उपयोग समुहको मुख्य उद्देश्य रहेको अध्यक्ष भीम दासले बताउनुभयो ।
फोरम अफ इन्टरनेशनल प्रोफेसनल्स अफ मल्टिल्याटर अर्गनाइजेसन्स्को विज्ञप्तीः

















प्रतिक्रिया