काठमाडौँ, १३ फागुन । प्रधानमन्त्री सुशील कोइरालाले लोकतन्त्रको मूलप्रवाहमा सबै राजनीतिक दल समाहित भइसकेकाले आन्दोलन, तोडफोड, झगडा गरिरहनुको अब कुनै औचित्य नरहेको बताउनुभएको छ ।
प्रजातान्त्रिक आन्दोलनका योद्धा तथा नेपाली काँग्रेसका तत्कालीन महामन्त्री महेन्द्रनारायण निधिको ९४ औँ जन्मजयन्तीको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा उहाँले लोकतन्त्रको रक्षा र आन्दोलनका उपलब्धिलाई संस्थागत गर्न शान्ति, राजनीतिक स्थिरता र मेलमिलाप आवश्यक रहेको बताउनुभयो ।
स्वर्गीय निधिका योगदान स्मरण गर्दा उहाँले देखाउनुभएको शान्ति, स्थायित्व, लोकतन्त्र र विकासका निम्ति दत्तचित्त भएर लाग्ने तथा आन्दोलन, हिंसा र तोडफोडमा नलाग्ने प्रण पनि आजै गर्नुपर्नेमा प्रधानमन्त्रीले जोड दिनुभयो ।
सहकार्य र सहमतिका निम्ति अधिकतम लचिलो हुँदासमेत विपक्षीले आफूहरूलाई सहमतिका बाधकका रुपमा प्रस्तुत गरिएकोमा आपत्ति जनाउँदै उहाँले राष्ट्र, राष्ट्रियता, लोकतन्त्र र संविधानका लागि हदैसम्म योगदान गर्न तयार रहेको स्पष्ट गर्नुभयो ।
















प्रतिक्रिया