२९ आश्विन २०८३, बिहिबार

नेपालमा क्रिकेटको भविष्य सुनौलो छ : शक्ति गौचन

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Shakti-Gauchanवीरगन्ज, १३ फागुन । नेपालका चर्चित क्रिकेट खेलाडी शक्ति गौचनले नेपालमा क्रिकेट खेलको सुनौलो भविष्य रहेको कुरा बताउनुभएको छ ।

वीरगन्ज उपमहानगरपालिका–२४ मा आवर संसारले सञ्चालन गरेको सडक बालबालिकाको बालगृहमा आयोजना गरिएको कार्यक्रममा बोल्दै उहाँले नेपालमा क्रिकेट खेलको भविष्य सुनौलो रहेका कारण बालबालिकालाई पनि क्रिकेट खेलको विकासमा लगाउनुपर्नेमा जोड दिनुभयो ।

सडक बालबालिकाबाट पनि सक्षम खेलाडी उत्पादन गर्न सकिने भएका कारण उनीहरुको क्षमता विकासका लागि बेलाबेलामा क्रिकेट प्रतियोगिता आयोजना आवश्यक रहेको बताउनुभयो । क्रिकेटका कारण नेपालीहरु विश्वमाझ गर्व गर्न लायक अवस्था रहेको पनि उहाँले बताउनुभयो ।
सडक बालकका लागि लक्षित गरी यही अप्रिल १२ तारिकमा मकवानपुरमा अन्तरसडक बाल क्रिकेट प्रतियोगिता आफूहरुले सञ्चालन गर्न लागेको आवर नेपालकी राष्ट्र प्रमुख अपरा थापाले सो अवसरमा जानकारी दिनुभयो । सो प्रतियोगिता नेपालमा नै पहिलोपटक आयोजना गर्न लागिएको उहाँले बताउनुभयो ।

प्रतियोगितामा पर्सासहित मकवानपुर र चितवन जिल्लाका सडक बालकको सहभागिता रहनेछ । वीरगन्जको लिपनीमिर्तामा सञ्चालित उक्त गृहमा भने १९ जना सडक बालक हाल रहेको आवर संसार नेपालका महासचिव मुकेश साहले जानकारी दिनुभयो । रासस