काठमाडौं, १३ फागुन । गत आइतबार ट्युसन सेन्टरमा भएको युवतीमाथि भएको एसिड आक्रमण घटनाको नेपाल बालमजदुर सरोकार केन्द्र सिविन-नेपालले भर्त्र्सना गरेको छ ।
देशको राजधानीमै भएको यस्तो घटनाको देशका किशोरीहरुको संरक्षणको प्रश्न खडा भएको ठहर गर्दै सिविन नेपालले घटनाको सत्यतथ्य पत्ता लगाई अभियुक्तलाई तत्काल कानुनको दायरामा ल्याउन माग गरेको छ ।
सिविन नेपालका प्रवक्ता कुमार भट्टराईद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ–‘घाइतेहरुको निःशुल्क उपचारको व्यवस्था मिलाउन, घटनाको सत्यतथ्य पत्ता लगाई कारवाही गर्न र मनोसामाजिक शिक्षा सहित स्तरीय शिक्षाको व्यवस्था मिलाउन नेपाल सरकारसंग जोडदार माग गर्दछौं ।’
उक्त घटनाको यसअघि विभिन्न संघसंस्थाले विरोध जनाइसकेका छन् । सरकारले घटनाका दोषिलाई अझैपनि पत्ता लगाउन सकेको छैन् ।















प्रतिक्रिया