११ कार्तिक २०८३, बुधबार

एमाओवादी मोर्चाको आन्दोलन भाँडन विप्लव माओवादीको यस्तो रणनीति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prachanda-and-biplap

काठमाडौं, १३ फागुन । संविधानसभामा अगाडि बढाइएको प्रक्रिया खारेजीको माग गर्दै आन्दोलन थालेको एकीकृत नेकपा माओवादी नेतृत्वको ३० दलिय मोर्चाको आन्दोलन अब संकटमा परेको छ ।

माओवादी भित्रैका एक शक्ति- नेत्रविक्रम चन्द (विप्लव)ले आन्दोलन असहयोग गर्ने भएपछि आन्दोलन कमजोर हुने देखिएको छ । यतिसम्म की विप्लव माओवादीले एमाओवादी मोर्चाको आन्दोलन सफल हुन नदिन रणनीति बनाएको खुलासा भएको छ । एमाओवादीका एजेण्डासंग विप्लव माओवादी सहमत नहुँदा आन्दोलन सफल हुन नदिने रणनीतिमा लागेको हो । जसअनुसार विप्लवले आन्दोलनमा सहभागी हुनुको कुनै अर्थ नहुने भन्दै ३० दलिय मोर्चाका कार्यकर्तालाई बिच्काइरहेका छन् ।

एमाओवादी सम्बद्ध ३० दलिय मोर्चाले संविधानसभा नछाडेकाले आन्दोलनको कुनै अर्थ नभएको भन्दै आन्दोलन वहिष्कार गर्ने विप्लव माओवादीका एक केन्द्रीय सदस्यले बताए । ‘हामी एजेण्डा विनाको आन्दोलनमा साथ दिने पक्षमा छैनौ, हाम्रो कुनै समर्थन रहदैन्,’ उनले भने ।

आन्दोलन कमजोर पार्न विप्लव माओवादीले बुधबार सिन्धुपाल्चोक बन्द गरायो । बन्दका कारण राजधानीबाट आउने र जाने कुनै पनि सवारीसाधन सञ्चालन हुन सकेनन् । स्रोतका अनुसार, भित्रभित्रै विप्लव माओवादीले आन्दोलन विफल बनाउन शक्ति परिचालन गरेको छ।

एमाओवादी मोर्चाले आगामी फागुन १६ गते काठमाडौं खुल्लामञ्च आन्दोलनको पहिलो चरणमा जनशक्ति प्रदर्शन कार्यक्रमको आयोजना गरेको छ । शक्ति प्रदर्शनमा मोर्चाले १ लाख नागरिकलाई सडकमा उतार्ने लक्ष्य लिएको छ । तर, विप्लवले असहयोग गरे मोर्चाको शक्ति प्रदर्शन फितलो हुने सम्भावना छ ।