२ कार्तिक २०८३, सोमबार

साधुले बोक्सीको आरोप लगाएर आमालाई मारेपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Knife-mudorसप्तरी, १३ फागुन । सप्तरीको कञ्चनरुप नगरपालिका-५ मा तीन दिन अगाडि एक साधुको हत्या गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

तीन दिन अगाडि सप्तरीको त्रिकौल गाविस-१ निवासी ६० वर्षीय साधु जोखन खंगको हत्या भएको थियो ।

खंगलाई टाउकोमा लाँठीले प्रहार गरी हत्या गर्ने एकै परिवारका दाजुभाइ रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक उमेश लम्सालले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा कञ्चनरुप नगरपालिका-५ बस्ने बच्चु खत्वेको २३ वर्षीय छोरा आशाराम, १८ वर्षीय छोरा देवकुमार तथा सोही ठाउँका १७ वर्षीय सन्तोष मण्डल रहेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई सप्तरीको लोहजारा गाविस-२ निवासी चलितर मण्डलको घरमा लुकेर बसेकोे अवस्थामा पक्राउ गरिएको लम्सालले बताउनुभयो ।

पक्राउ परेका तीनै जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउने जिल्ला प्रहरी कर्यालय सप्तरीले जनाएको छ ।