१ कार्तिक २०८३, आइतबार

हिसाब सिकाइदिन्छु भन्दै शिक्षकले गरे छात्रालाई बलात्कार !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gan rapped

पोखरा, १३ फागुन । हिसाब सिकाइदिन्छु भन्दै एक शिक्षकले छात्रामाथि बलात्कार गरेका छन् । विद्यालयले शैक्षिक भ्रमणका बेला वाहिर गएको मौकामा शिक्षकले आफ्नै विद्यार्थीको बलात्कार गरेका हुन् । आजको अन्नपूर्ण पोष्टमा समाचार छ ।

‘हिसाब सिकाइदिन्छु भन्दै सरले बोलाउनुहुन्थ्यो, जाँदा कपाल सुमसुमाउने, छाति मुसार्ने गर्नुहुन्थ्यो,’ आफूलाई पढाउने शिक्षकविरुद्व बलात्कारको अभियोगमा कारबाहीको माग राख्दै उजुरी दिएकी १४ वर्षिया एक छात्राले भनिन्, ‘सर भएकोले केही पनि बोलिन । तर हामी मंसिरमा खासा भ्रमण जाँदा एउटै कोठामा सुतेको बेला यौन सम्पर्क गर्नुभयो ।’

कास्कीको अर्मला एक जुलेटीस्थित एक उच्च माविको कक्षा कक्षा आठमा पढ्ने छात्राले आफुलाई प्रलोभनमा पारेर शिक्षकले जर्बजस्ती करणी गरेको आरोप लगाउँदै सोमबार जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएकी छन् । किशोरीको उजुरीपछि प्रहरीले पोखरा १६ वाटुलेचौरका अन्दाजी ५५ बर्षिय लक्ष्मण खवासलाई पक्राउ गरेर कारबाही प्रकृया अघि वढाएको छ।

‘अभियुक्त खवास विरुद्व जर्वजस्ती करणी गरेको अभियोगमा कार्वाही प्रकृया थालेका छौं,’ जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देविप्रसाद पौडेलले भने ‘प्रमाण आफै वोलिरहेको छ ।

’ससुराली नजिकै घर भएकी छात्रालाई हिसाव सिकाईदिन्छु भन्दै पाँच कक्षामा पढ्दैदेखि यौन दुब्यृवहार गर्दै आएका पीडित किशोरीले बताइन् । ‘नचाहिने काम गरिसकेपछि एक दुई सय दिनुहुन्थ्यो,’