२९ आश्विन २०८३, बिहिबार

क्रिकेट मैदान अतिक्रमण समस्या समाधान गर्न समिति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mulpani Cricket Maidanकाठमाडौं, १३ फागुन । मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानको जग्गा अतिक्रमण सम्बन्धी समास्या समाधानका लागि ६ सदस्यीय मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माण समन्वय र सहजिकरण समिति गठन गरिएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सक्रिएतामा सोमबार युवातथा खेलकुद मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माको संयोजकत्व मामुलपानीमा बसेको सर्वदलीय एवं सर्वपक्षीय बैठकले उक्त समिति गठन गर्ने निर्णय गरेको हो ।

समितिका सदस्यहरुमा उपेन्द्र कार्की (नगर प्रतिनिधि, नेपाली कांग्रेस, कागेश्वरी मनोहरा न.पा., काठमाडौं), मणिराम फुयाल (नगर संयोजक, नेकपा (एमाले), कागेश्वरी मनोहरा न.पा., काठमाडौं), साधुराम लामिछाने (नगर प्रतिनिधि, एनेकपा (माओवादी), कागेश्वरी मनोहरा न.पा., काठमाडौं), राधाकृष्ण विष्ट(नगर प्रतिनिधि, राप्रपा, कागेश्वरी मनोहरा न.पा., काठमाडौं), लक्ष्मी ढकाल (कार्यकारी अधिकृत, कागेश्वरी मनोहरा न.पा., काठमाडौं) तथा सदस्य–सचिवमा नारायणराज अर्याल (कानून शाखा प्रमुख, राखेप) रहेका छन् ।

समितिको सल्लाहकारहरुमा काठमाडौं क्षेत्र नं. २ का सभासद दीपकप्रसाद कुइंकेल, काठमाडौं क्षेत्र नं. ३ का सभासद रामेश्वर फुयाल, युवा तथा खेलकुद मन्त्रालयका सचिव शर्मा तथा राखेप सदस्य–सचिव युवराज लामा रहेका छन् । समितिले २ महिनाभित्र तोकिएको कार्य पूरा गरी राखेप समक्ष प्रतिवेदन बुझाउनु पर्नेछ ।