२९ आश्विन २०८३, बिहिबार

प्रियंका वर्षकै सेक्सी महिला

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Priyankaमुम्बई । अभिनयपछि बलिउडमा गायनको समेत छबि बनाउदै गरेकी अभिनेत्री प्रियंका चोपडा ‘हटेस्ट वुमन अफ् द इयर २०१५’की खिताव जितेकी हुन् ।

सोनम कपुर, दीपिका पादुकोण, श्रद्धा कपुरलगायतका बलिउड अभिनेत्रीलाई पछि पार्दै उनले यो खिताव हासिल गरेकी हुन् ।
हालै बलिउडको एक चर्चित साइटले गरेको सर्वेक्षेणमा प्रियंका अग्र स्थानमा आएकी हुन् ।

सर्वेक्षणमा प्रत्यक्ष जनताले भोट गर्ने ब्यवस्था गरिएको थियो ।
सर्वेक्षणमा प्रियंकाका अलवा, दीपिका पादुकोण, सोनम कपुर, श्रद्धा कपुर, कंगना रानावट, नरगिस फखरी र अदिती राव हैदरीलगायतका नाम समावेस गरिएको थियो ।

प्रियंकाले यी सबैलाईपछि पर्दै खिताव जितेकी हुन् । दीपिका दोस्रो र सोनम तेस्रो स्थानमा आएकी छन् ।
सर्वेक्षणमा प्रियंकाले ५३ प्रशिशत मत प्राप्त गरेकी छन् ।

उनलाई पच्छ्याउने दीपिकाले ३५ प्रतिशत सोनमले ६ प्रतिशत, श्रद्धाले ३ प्रतिशत, कंगनाले २ प्रतिशत र अदितीले १ प्रतिशत मत प्राप्त गरेका थिए ।

खिताव हासिल गरेपनि सो खुसी प्रियंकाले साथीहरुसँग बाड्न सकेकी छैन् । किन भने उनी अहिले बिमारी छन् ।
ट्वीटरमार्फत उनले आफू बिमारी भएको सार्वजनिक गरेकी हुन् ।

बिमारीका कारण अमेरिकाको लस एन्जलसमा आइतबार सम्पन्न ८७ औं ओस्कार समारोहपछि राखिने पार्टीमा समेत उनले सहभागिता जनाउन नसक्ने भएकी हन् । – एजेन्सी