१ कार्तिक २०८३, आइतबार

तराईमा अराजकता फैलाएको एमालेको ठहर

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Uml-Ka-3-Thula-Netaकाठमाडौ, १३ फागुन । एमालेले तराईका केही जिल्लामा अराजकता फैलिएको ठहर गरेको छ ।

कलैया लगायतका स्थानमा भएका घटनामा स्थानीय जनताको भावना भडकाउने तत्त्वहरू हावी भएको निष्कर्ष एमालेको छ ।

स्थायी समितिको मंगलबारको बैठकले तराईमा देखिइरहेका समस्याबारे समीक्षा गरेको थियो ।

बैठकले तराई केन्द्रित कार्यक्रम सञ्चालन गर्नुपर्ने निचोड पनि निकालेको छ । ‘कस्ता खालका कार्यक्रम सञ्चालन गर्ने भन्नेबारे सचिवालयलाई गृहकार्य गर्न भनिएको छ’, एमाले सचिव प्रदीप ज्ञवालीले भने, ‘तराईका जिल्लाहरूमा केही समस्या देखिएको छ, जसलाई समाधान गर्न पार्टीको तर्फबाट पनि पहल गर्नुपर्छ भन्ने भएको छ ।’

सेवा केन्द्र विस्तार गर्ने विषयलाई लिएर गतसाता कलैयामा आन्दोलन भएको थियो ।

उक्त निर्णयबाट पछि हटेलगत्तै फेरि सिमरामा सेवा केन्द्रको माग राख्दै आन्दोलन चर्किएको कान्तिपुर दैनिकले छापेको छ ।

सुनसरीको इनरुवा र धरानमा पनि सेवा केन्द्रसम्बन्धी विवादको आन्दोलन छ ।

देशव्यापी नै हुने गरी विशेष खालको कार्यक्रम सञ्चालन गर्नुपर्ने धारणा नेताहरूले राखेका थिए ।

जातीय, क्षेत्रीय र धार्मिक सद्भाव भडकाउने खालको गतिविधि रोक्न सचेत हुनुपर्ने उनीहरूले बताए ।

संविधान निर्माणको सवालमा तराई र पहाड जोड्नु हुँदैन भन्ने धारणा आइरहेकाले त्यसलाई चिर्नका लागि पनि अग्रसर हुनुपर्ने उनीहरूले उल्लेख गरे ।

राजनीतिक अवस्थाबारे समीक्षा भए पनि केन्द्रीय समितिको मनोनयन र कार्यविभाजनको नियमित एजेन्डामा चाहिँ बैठकमा छलफल भएन ।

पाँच जना शीर्ष नेताबीच मनोनीत हुने व्यक्तिको नामबारे सहमति नभएका कारण स्थायी समितिमा छलफल नभएको हो ।

बुधबार बस्ने बैठकमा त्यो एजेन्डामा छलफल गर्ने सचिव ज्ञवालीले जानकारी दिए ।

१५ जनाको मनोनयन निम्ति नेतैपिच्छेले नाम प्रस्तुत गरेका कारण विवाद नमिलेको हो ।

स्थायी समितिमा कुरा नमिलेपछि अध्यक्ष केपी ओली, वरिष्ठ नेता झलनाथ खनाल, नेता माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम र महासचिव ईश्वर पोखरेललाई टुंगो लगाउने जिम्मेवारी दिइएको थियो ।