१० कार्तिक २०८३, मंगलबार

प्रचण्डले हप्काएपछि बाबुराम नरम !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prachanda-Baburam

कमलराज भट्ट

काठमाडौं, १२ फागुन । केही दिन यता पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भन्दा पनि चर्को भाषण गरिरहेका एमाओवादीका वरिष्ठ नेता बाबुराम भट्टराई अहिले नरम रुपमा प्रस्तुत हुन थालेका छन् ।

केही समययता पश्चिम कमाण्डर तोकिएका भट्टराई केही समय पश्चिमका जिल्लामा कडा रुपमा प्रस्तुत भएका थिए ।

कहिले ‘२०५२ सालमै फर्कन्छौँ’ त कहिले ‘सुशील कोइराला र केपी ओलीले विगारे’ भन्नसम्म भ्याएका बाबुरामका पछिल्ला दिनमा तुलनात्मक रुपमा सन्तुलित अभिव्यक्ति आउन थालेका छन् । स्रोतका अनुसार, एमाओवादीका अध्यक्ष प्रचण्डले कडा रुपमा प्रस्तुत नहुन निर्देशन दिएका कारण बाबुरामले आफ्नो अभिव्यक्तिलाई नरम बनाएका हुन् । उसो त प्रचण्डले वार्ताको प्रयास गरिरहँदा बाबुराम र मधेशी मोर्चामा आबद्ध केही नेताले वार्ता भाँडेको आरोप पनि लागेको छ ।

पश्चिम नेपालको कमाण्डर बनेका बाबुराम केही दिनमै राजधानी फर्कने तरखरमा छन् । आगामी फागुन १६ को आन्दोलनमा सहभागिता जनाउन उनी राजधानी फर्कन लागेका हुन् । मंगलबार बाबुराम नवलपरासी पुगेका छन् । नवलपरासीमा पनि बाबुरामले नरम अभिव्यक्ति दिए ।

नवलपरासीमा कार्यकर्तालाई सम्बोधन गर्दै उनले विगतमा भएको शान्ति सम्झौता र बाह्रबुँदे समझदारीअनुरुपको संविधान बन्ने सार्वजनिक प्रतिबद्धता जाहेर नभएसम्म वार्तामा नबस्ने बताएका छन् ।