२९ आश्विन २०८३, बिहिबार

६४७ करोड कमाएर पनि ‘पीके’ले तोड्न सकेन् ‘धूम ३’ को रेकर्ड !

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pk-dhoom 3

मुम्बई । बलिउड का मिस्टर परफेक्शनका नामले चिनिने अभिनेता आमिर खानको चलचित्र ‘पीके’ले वक्स अफिसमा धेरै रेकर्ड ब्रेक गरेको छ । चलचित्रले व्यापार क्षेत्रमा पनि नयाँ नयाँ रेकर्ड बनाएको छ ।

जसलाई ब्रेक गर्न धेरै समय लाग्नेछ । तर सबैभन्दा बढी ६ सय ४७ करोड कमाएको ‘पीके’ले आमिर खानकै पूरानो चलचित्र ‘धूम ३’ को रेकर्ड ब्रेक गर्न सकेको छैन् ।

pk_motion_amir_khan_poster

भारतमा मात्रै करीब ३ सय ३८ करोड रुपैयाँको कारोवारसंगै विश्वभरी ६ सय ४७ करोड रुपैयाँ कमाएको आमिरको चलचित्र ‘पीके’ले उनको अर्काे चलचित्र ‘धूम ३’ को रेकर्ड तोड्न नसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । चलचित्र व्यापार ओवरसीज (कलेक्सन)मा रेकर्ड तोड्न नसकेको हो ।

सन् २०१३ मा प्रदर्शनमा आएको आमिरको चलचित्र ‘धूम ३’ले ओवरसीज कलेक्सनमा करीब २८ मिलियन डलर यानि १८० करोड़ रुपैयाँको कारोबार गरेको थियो । ‘पीके’ले ओवरसीजमा अहिलेसम्म २५ मिलियन डलर मात्रै कलेक्शन गरेको छ ।

Dhoom-3

ओवरसीज कलेक्शनमा ‘पीके’ तेस्रो नम्बरमा छ । ओवरसीजमा कलेक्शन गर्ने चलचित्रमा ‘धूम ३’ पछि ‘३ इडियट्स’ दोस्रो नम्बरमा छ ।

खबर अनुसार ओवरसीज कलेक्शनमा चलचित्र ‘धूम ३’ २८ मिलियन डलरसहित पहिलो स्थानमा छ । २६ मिलियन डलरसहित ‘३ इडियट्स’ दोस्रो नम्बरमा छ । २५ मिलियन डलरसहित ‘पीके’ तेस्रो नम्बरमा छ ।

भारतमा मात्रै ‘पीके’ले ३०० करोड़ र विश्वमा ६०० करोड़को आंकडा पार गर्ने आमिरलाई यो प्रगङ्गले केही घाटा भने हुनेछैन् ।