२ कार्तिक २०८३, सोमबार

आयोडिनयुक्त नुनको प्रयोग बढाउन चेतना फैलाउने अभियान

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nun-saltरसुवा, १२ फागुन । आयोडिनयुक्त नुनको कमीबाट हुने शारीरिक, मानसिक र सामाजिक कमजोरीका बारेमा जानकारी गराउने उद्देश्यले फेब्रुअरी १ तारिखदेखि एक महिना भर मनाइने आयोडिन महिना रसुवामा पनि विभिन्न कार्यक्रम गरि मनाइएकोे छ ।

जिल्ला स्वास्थ्य कार्यालय रसुवाको आयोजना, स्थानिय साझेदार संस्थाहरु मानेकोर सोसाइटी र स्वास नेपाल, मिडिया सहयोगि रेडियो रसुवाको सहयोगमा म्याक्स प्रो सस्थाले स्याफ्रुबेशीमा सार्वजनिक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा बोल्दै बरिष्ठ जनस्वास्थ्य अधिकृत कृष्णबहादुर मिजारले आयोडिनको प्रयोग नगर्दा धेरै समस्या आउने हुदा आयोडिनयुक्त नुनको बढी भन्दा बढि जानकारी गराउने उद्देश्यले आयोडिन महिना मनाउन थालिएको बताउनुभएको छ । उहाले २ बालबालिका चिन्ह अंकित आयोडिनयुक्त नुनको प्रयोग गर्न सबैलाई आग्रह गर्नु भएको छ ।

कार्यक्रममा श्यामेवाङफेल उच्च माविका प्रद्यानाध्यापक देवराज सिंखडा, भोटेकोशी संरक्षण समाज नेपाल स्याफ्रुका अध्यक्ष लोप्साङ तेन्जेन तामाङ, स्यार्फु उपभोक्ता मञ्च नेपालका अध्यक्ष गौतम तामाङ, महिला संघका जिल्ला उपाध्यक्ष सार्कि बुटि तामाङले दुई बालबालिका चिन्ह अंकित नुनको सबैले प्रयोग गर्नुपर्नेमा जोड दिनुभएको छ ।

उक्त सार्वजनिक अन्तरक्रिया कार्यक्रममा आयोडिन नुनको महत्व, फाइदा र आयोडिन नुनको प्रयोग नगर्दा हुने समस्याहरुको बारेमा सरोकारवाला र स्थानियबीच छलफल गरिएको थियो ।