रसुवा, १२ फागुन । जिल्लाको सुरक्षा व्यवस्थामा कडाई, यातायात अनुमति पत्र छानविन गर्दै जनताको मन जित्न सफल जिल्ला प्रहरी कार्यालय रसुवाले पहिलो पटक विद्यालय स्तरिय लागु औषध, अपराध र असरहरु सम्बन्धि जनचेतनामुलक कार्यक्रमको सुरूवात गरेको छ ।
माध्यमिक तहमा अध्ययनरत विद्यार्थीहरू व्यक्तिगत, पारिवारिक र सामाजिक अनुशासन बिपरित क्रियाकलापमा संलग्न हुने हुने गरेको पाइएकाले उनिहरूलाई लागु पदार्थको प्रयोगबाट मुक्त गराउन तथा लागु औषधमुक्त समाजको निमार्णमा उनिहरूको प्रत्यक्ष सहभागिता बढाई लागुपदार्थ प्रयोग तथा ओसार प्रसार कार्यमा न्युनिकरण गर्न कार्यक्रमको आयोजना गरिएको प्रहरी निरीक्षक यज्ञ प्रसाद भट्टराईले वताउनुभयोे ।
जिल्लामा रहेका २२ ओटा माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई प्रशिक्षण दिन लागिएको कार्यक्रम जिल्लाको १८ ओटै गाविसमा संचालन गरिने भएतापनि पहिलो चरणमा जिल्लाको लहरेपौवा, धैबुङ, भोर्ले, धुन्चे, र गोल्जुङ गाविसका माध्यमिक विद्यालयमा संचालन गरिने बताइएको छ ।
कार्यक्रममा लागु औषध, यसको उत्पादन, ओसारपसार तथा यसको कारणले समाजमा हुन सक्ने आपाराधिक क्रियाकलापका वारेमा जानकारी गराई व्यवहार परिवर्तन गराउनुका साथै लागु औषधमुक्त तथा सुन्दर समाज निमार्ण गर्ने विश्वास लिएको भट्टराईको भनाई छ ।
धैवुङ गाविसमा रहेका निलकण्ठ नमुना उमावि जिवजिवे, कालिका हिमालय उमावि कालिकास्थान, सुन्धरा मावि धारापानि र ग्रिन गार्डेन वोर्डिङ स्कुल कालिकास्थान गरि विभिन्न चार ओटा विद्यालयमा कार्यक्रम गरेर कार्यक्रमको सुरूवात गरिने कार्यक्रमका प्रशिक्षक एंव प्रहरी निरीक्षक भट्टराईले वताउनुभयो ।















प्रतिक्रिया