२ कार्तिक २०८३, सोमबार

रसुवामा भालु मृत अवस्थामा फेला पर्‍यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रसुवा, १२ फागुन । लाङटाङ राष्ट्रिय निकुञ्ज अन्तर्गत रसुवाको भोर्ले गाविसमा मृत भालु भेटिएको छ ।

भोर्ले गाविस वार्ड नं. ३ मा रहेको ठलागाङ पाखा मध्यवर्ती सामुदायिक वनमा अन्दाजी १०५ किलोग्रामको भालु सोमबार राति मृत अवस्थामा फेला पारेपछि वनका अध्यक्ष सुव्वा लामाले निकुञ्जलाई जानकारी गराउनु भएको थियो ।

उक्त मृत भालुको छाला र पित्त निकालेर निकुञ्ज कार्यालयको हाता भित्र खाल्डो खनि गाडिएको छ ।
भालु काल गतिले मरेकाले आवश्यक अनुसन्धान नगरेको सहायक संरक्षण अधिकृत भुमिराज उपाध्यायले जानकारी दिनुभयो ।