२ कार्तिक २०८३, सोमबार

घरमा जेठी हुदाँहुँदै कान्छी श्रीमती ल्याएपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Parapurush-Sex-Love-Jodi

इलाम, १२ फागुन । बहुविवाहको आरोपमा पक्राउ परेका इलाम साङरुम्वा-८ का ३१ वर्षीय तेजबहादुर मगर र सोही स्थानकी ४० वर्षीया चन्द्रकुमारी पिठाकोटेलाई जिल्ला अदालत इलामले सोमबार जनही एक वर्ष कैद र रु पाँच हजार जरिवानाको फैसला सुनाएको छ ।

जिल्ला न्यायाधीश प्रकाश ढुङ्गानाको इजलासले मुलुकी ऐन विवाहवारी महलबमोजिम कसुर ठहर गर्दै उक्त सजाय सुनाएको अदालतका तहसिलदार अर्जुन श्रेष्ठले जानकारी दिनुभयो । उनीहरू दुवैलाई हिजै कारागार चलान गरिएको छ । तेजबहादुरले चन्द्रकुमारीसँग गत पुस ५ गते दोस्रो विवाह गरेका थिए ।

तेजबहादुरकी जेठी पत्नीले श्रीमान विरुद्ध कारबाहीको माग गर्दै माघ ५ गते जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएकी थिइन् ।

यसैबीच इलाम नगरपालिका–२ स्थित सिवाकोटी स्टोरको गल्लाबाट रकम चोरी गर्ने दुई युवकलाई जिल्ला अदालत इलामले सोमबार जनही एक महिना १५ दिन कैद र रु ७३ हजार ५०० जरिवाना सुनाएको छ ।

इलाम नगरपालिका–३ का रोशन सुन्दास र जेम्स भनिने जसबहादुर तामाङलाई कसुर ठहर गर्दै न्यायाधीश ढुङ्गानाको इजलासले उक्त सजाय सुनाएको हो । सुन्दास र तामाङले गत पुस २९ गते सिवाकोटी स्टोरको गल्लाबाटै रु ४९ हजार चोरी गरेको प्रहरीले जनाएको छ ।