नेपालगन्ज, १२ फागुन । बाँके जिल्लाका सात गाउँ विकास समितिका कृषक अहिले ‘व्यावसायिक बगर तरकारीखेती’ तर्फ आकर्षित भएका छन् ।
जिल्लाका कम्दी, वनकट्टी, बेतहनी, होलिया, बिनौना, फत्तेपुर र बैजापुर गाविसमा कृषकले व्यावसायिक बगर तरकारीखेती सञ्चालन गरेका हुन् । बगरखेतीका कृषक समूह, भेरी-राप्ती बगर कृषक समूह र नदी कटान बाढी पीडित कृषक समूहमा आबद्ध ७१ जना कृषकले १९० कट्ठामा तरकारीखेती गरिरहेका छन् ।
नदी किनारको बगरमा सजिलै फल्ने लौका, फर्सी, करेला, तरबुजा र काँक्रोखेती गर्दै आएका कृषकले वर्षको एक मौसमबाट करिब रु सात लाख आम्दानी गर्ने बताएका छन् ।
व्यावसायिक बगर तरकारीखेतीका लागि जिल्ला कृषि विकास कार्यालय, बाँके युनेस्को क्लबले कृषकलाई बीउबिजन, मल तथा प्राविधिक सहयोगसमेत उपलब्ध गराउँदै आएको क्लबका अध्यक्ष परवेजअलि सिद्धिकीले बताउनुभयो ।















प्रतिक्रिया