काठमाडौं । यतिबेला एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विसाउर्ने गरेर उपप्रधान एवम् स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले ‘माला मोह’ सुरू गरेका छन् ।
जुन कार्यक्रममा जान्छन् त्यहाँ सिंहलाई शुभेच्छुकहरूलाई मुखै ढाकिने गरेर माला लगाइ दिने गरेका हुन् । मुखै छोपिने गरेर मालासहितको स्वागतसत्कार पाइएपछि मन्त्री सिंह खुसी त हुने नै भए । उनले आफू जाने हरेक कार्यक्रममा तस्बिर तत्काल सामाजिक सञ्जालमा पुर्याइ पनि हाल्छन् ।
यस्तै ‘माला मोह’ राख्ने प्रचण्डको सार्वजनिक रुपमा आलोचना भएपछि उनले भने मुखै ढाकिने गरेर फूलमाला लगाउँदैनन् । र लगाउन पनि दिँदैनन् । प्रचण्डले फूलमाला लगाइ हाले पनि थोरै लगाउँछन् । तर प्रचण्डलाई विर्साउने गरेर मन्त्री सिंहले फूलमाला लगाउने संस्कृतिलाई संरक्षण गरेकोमा निजी सचिवालयका कर्मचारीहरू भने दङ्ग छन् ।
मन्त्री सिंह कुनै कार्यक्रममा पुग्ने वित्तिकै हुने स्वागतको तस्बिर खिचेर सहयोगीहरूले सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा राखिहाल्छन् । तस्बिर लाइक गर्नेको ओइरो पनि हुन्छ । स्थानीय विकास मन्त्रालय स्रोतले भन्यो, ‘मन्त्री सिंहको पनि यस्तै इच्छा छ।’ मन्त्री सिंहको ‘फूलमाला मोह’लाई मलजल निजी सचिवालयले नै गर्ने गरेको एक कर्मचारीले बताए ।
निजी सचिवालयका एक कर्मचारीले भने, ‘मन्त्री ज्यूको माला लगाउने रहर छैन होला, कार्यक्रममा जाँदा स्वागतमा लगाइ दिन्छन्, माला अलि धेरै भयो कि, सँगै रहने सचिवालयका साथीहरूले यसबारे ध्यान दिनुपर्ने हो, दिएको देखिँदैन ।’
















प्रतिक्रिया