१ कार्तिक २०८३, आइतबार

स्वाइन फ्लु नियन्त्रणका लागि सरकार बल्ल जुरमुरायो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Swin-fluकाठमाडौं, १२ फागुन । स्वाइन फ्लु रोगका विरामीको संख्या दिन प्रतिदिन बढ्न थालेपछि सरकारले रोग नियन्त्रणका लागि समयमै उच्च सतर्कता अपनाउन सरोकारवाला निकायलाई निर्देश गरेको छ ।

सरकारले रोगबाट जोगिन चेतनामूलक कार्यक्रम सञ्चालन गर्न र रोगको उपचारमा विशेष ध्यान दिन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशनसमेत दिएको हो ।

प्रधानमन्त्री कार्यालयका सचिव शान्तराज सुवेदीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र स्वास्थ्य सेवा विभागले स्वाइन फ्लु रोगबाट जोगिने उपायसहित सञ्चार माध्यमबाट चेतनामूलक कार्यक्रम सञ्चालन गर्न निर्देशन दिइएको जानकारी दिनुभयो ।

उहाँले अन्तर्राष्ट्रिय विमानस्थल तथा तराई मधेसका नाकाहरूबाट नेपाल भित्रने नागरिकको परीक्षण गर्न र रोग भए नभएको जाँच गर्न विशेष सचेतना अपनाइने बताउनुभयो ।

रोगको सङ्क्रमण भएका नजिकको सामुदायिक तथा निजी अस्पतालमा लैजान, सङ्क्रमित बिरामीको तथ्याङ्क अद्यावधिक गर्न, तालिम प्राप्त चिकित्सकको व्यवस्था गरिने सुवेदीले बताउनुभयो ।