कैलाली, १२ फागुन । भारतबाट मजदुरी गरेर घर फर्कन लागेका एक नेपाली भारतको गजरौलामा मृत फेला परेका छन् ।
मृत्यु हुनेमा बझाङको भातेखोला गाविस–१ आग्राका ३२ वर्षीय दीर्घबहादुर कठायत रहेका छन् ।
कठायत विगत नौ वर्षदेखि भारतको गाजियावादमा मजदुरी गर्दै आएका थिए । कठायत यही फागुन ८ गते नेपाल फर्कनेक्रममा गाजियावादको गजरौला भन्ने ठाउँमा मृत भेटिएको खबर आएको बझाङ प्रहरी कार्यालयले जनाएको छ ।















प्रतिक्रिया