१ कार्तिक २०८३, आइतबार

यो नक्सालाई म टुक्रन दिन्नँ : अध्यक्ष ओली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

KP_Oliकाठमाडौं, १२ फागुन । जन्मदिनका अवसरमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाह र आफ्नो तस्बिरका माझमा नेपालको नक्साअंकित उपहार ग्रहण गर्दै एमाले अध्यक्ष केपी ओलीले भने, ‘म यसलाई टुक्रिन दिने छैन।’

एक हुल पत्रकार जन्मदिनको शुभकामना दिन उपहार बोकेर नजिकै आउँदा कुर्सीमा बसेका ओली जुरुक्क उठे अनि मुस्कुराए।

प्रेस चौतारी नेपालका अध्यक्ष राजेन्द्र अर्यालको नेतृत्वमा शुभकामना दिन गएको टोलीले बोकेको उपहारबारे ओली अनभिज्ञ थिए।

पत्रकारले प्याक गरेर राखेको उपहार ओलीलाई देखाए। उपहार हेरेपछि ओली गम्भीर र भावुक देखिए।

यसको कारण थियो नेपालको नक्सामा उनको तस्बिर।

ओलीलाई ६४ औं जन्मोत्सवमा सोमबार विशेष सांकेतिक उपहार दिएको हो प्रेस चौतारीले।

नेपालको नक्साको पश्चिमतिर राखिएको थियो नेपाल निर्माता पृथ्वीनारायणको तस्बिर।

नक्साको पूर्वी सीमाको माथिपट्टि थियो सूर्यको घेराभित्र ओलीको फोटो।

‘अध्यक्ष कामरेडले यो हेरेर केही भनिदिनुहोला’, चौतारीका अध्यक्ष अर्यालले भने।

त्यसपछि ओली नक्सा हेर्दै केहीबेर घोरिए र भने, ‘यो नक्सालाई म टुक्रन दिन्नँ।’ ओलीको भनाइ चित्त बुझेर होला शुभकामना दिन जम्मा भएका सबैले ताली बजाएको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ । ओलीले थपे, ‘सानासाना स्वार्थले देशमा विभाजन ल्याउने प्रयास भएको छ, त्यसलाई हामी सफल हुन दिँदैनौं।’

त्यसैगरी सिस्नुपानी नेपालले ओलीलाई शंखघण्ट उपहार दिएको थियो। उपहार दिनुअघि लक्ष्मण गाम्नागेले शंख फुकेर बजाएका थिए। यो शंखबाट ओम ध्वनि निस्कन्छ।