२ कार्तिक २०८३, सोमबार

सिद्धनाथ माध्यामिक विद्यालयको ३६औँ बार्षिकोत्सवमा विविध कार्यक्रम

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

महेन्द्रनगर, ११ फागुन । कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेल्डाँडीमा रहेको सिद्धनाथ माविको ३६ औँ बार्षिकोत्सव सम्पन्न गरिएको छ ।

सोमबार एक कार्यक्रमकाबीच विद्यालयले बार्षिकोत्सव मनाएको हो । कार्यक्रममा विद्यालयका प्रध्यानाध्यापक रामलाल जोशीले विद्यालयको बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो । शैक्षिक क्षेत्रमा योगदान पुर्‍याएको भन्दै दुई शिक्षकहरुलाई सम्मान गरिएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम बहदुर सिंहले शिक्षक विवेक लम्साल र सुरेन्द्र विष्टलाई सम्मान गरिएको जानकारी दिनुभयो ।

बार्षिकोत्सव कार्यक्रममा दक्षिणी क्षेत्रका अभिभावकहरुले राज्यले दक्षिणी क्षेत्रका विद्यालयहरुको भौतिक अवस्था सुधारमा चासो नदिएको गुनासो गरेका छन् ।

विभिन्न प्रतियोगिता, उत्कृष्ठ छात्रछात्राहरुलाई पुरुस्कार समेत वितरण गरिएको छ । सुदूरको लोक संस्कृति झल्कने खालका नित्य प्रस्तुत गरिएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम बहादुर सिहको सभापतित्वमा सम्पन्न भएको कार्यक्र्ममा जिल्ला शिक्षा कार्यालय कञ्चनपुरका विद्यालय निरीक्षक भुवनेश्वर जोशी प्रमुख अथिती रहनुभएका थिए । कार्यक्र्ममा सो क्षेत्रमा शिक्षक, अभिभावक, बुद्धिजिवी, नागरिक समाज, सर्वसाधारणको उपस्थिती रहेको थियो ।