गुल्मी ११ फागुन । दोस्रो गुल्मी महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजकका अनुसार आगामी २२ फाल्गुन देखि ३० गते सम्म गुल्मीको सदरमुकाम तम्घासमा सम्पन्न हुन लागेको महोत्सवको सबै स्टल बुकिङ्ग भैसकेका छन् ।
गुल्मीको सदरमुकाम तम्घास स्थित चिदिचौरमा सम्पन्न हुने महोत्सवमा १ सय ५० स्टल रहने स्टल संयोजक तथा गुल्मी उद्योग वाणिज्य संघ गुल्मीका सचिव बिरेन्द्र भुसालले जानकारी दिनुभयो ।
भुसालका अनुसार महोत्सवका कुल १ सय ५० स्टल मध्ये जिल्ला कृषि विकास कार्यालय गुल्मीलाई ७ वटा र घरेलु तथा साना उद्योग गुल्मीलाई ५ वटा स्टलहरु उपलब्ध गराईएको छ ।
महोत्सवमा औद्योगिक वस्तुहरुको प्रदर्शन संगै गुल्मीमा उत्पादन हुने सम्पूर्ण कृषिजन्य सामग्री, स्थानीय भेषभुसा, स्थानीय परिकार गुल्मीमा उत्पादन हुने कफी, सुन्तला, तरकारी, माहुरी, च्याउँ, जिउदो माछा लगायतका अन्य कृषिजन्य सामग्री तथा सेरामिक्स, बाँस तथा निगालोबाट बन्ने सामग्रीहरू, गोरुद्धारा उखु पेल्ने, उखुबाट ताजा बिभिन्न परिकारहरु गुड, खुदो लगायत उखुको रस, त्यस्तै सिमीचौर राङवासका आमा समुहद्धारा चिउरी पेल्ने समेत ब्यवस्था समेत मिलाईने भएको छ ।
संयोजक भुसालका अनुसार महोत्सवमा ५ करोड भन्दा बढीको आर्थिक कारोबार हुने लक्ष्य राखिएको छ ।
महोत्सव सफल बनाउन ३६ वटा बिभिन्न समितिहरु गठन गरिएको छ । समितिहरुले यति बेला आफना गतिविधीलाई तिब्र पारिरहेका छन् । महोत्सवले समग्र गुल्मी जिल्लाको धर्मिक स्थलहरुको प्रवद्र्धन, कृषि उद्योगहरुको प्रचार प्रसार सगै गुल्मी जिल्लामा पर्यटन प्रवद्र्धन गर्नको लागी सहयोग पुग्ने बाणिज्य संघका महासचिव एबं महोत्सव सचिवालय संयोजक कृष्णप्रसाद पोखरेलले बताउनुभयो ।
















प्रतिक्रिया