३० आश्विन २०८३, शुक्रबार

बाबुराम भट्टराईको अभिव्यक्तिको एमाले महासचिव पोखरेलबाट कडा प्रतिवाद

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ishwar-Pokhrel

काठमाडौं, ११ फागुन । नेकपा एमालेका महासचिव इश्वर पोखरेलले एकीकृत नेकपा माओवादी नेतृत्वको ३० दलिय मोर्चाको आन्दोलनको उद्देश्य सत्ता कब्जा गर्ने रहेको बताउनुभएको छ ।

सामाजिक सञ्जालमा एकीकृत नेकपा माओवादीका वरिष्ठ नेता बाबुराम भट्टराईको भनाईको खण्डन गर्दै महासचिव पोखरेलले सत्ता कब्जा गर्ने उद्देश्यले एमाओवादी मोर्चा आन्दोलनमा गएको बताउनुभयो । उहाँले भन्नुभयो-‘एजेण्डा विनाको आन्दोलनको कुनै अर्थ छैन् । एजेण्डा विना आन्दोलनमा जानु भनेको सत्ता कब्जा गर्ने उद्देश्य हो भन्ने बुझिन्छ ।’

‘गिरिजाप्रसाद कोइरालालाई काठमाडौं खुला मञ्चबाट लल्कार्दै यिनै बाबुरामले माओवादीले आयोजना गरेको खुलासभामा भनेका थिए- ‘बालुवाटारमा एउटा नालायक बुढो सुतेको छ, घिस्याएर मैदानमा ल्याएर पछार्नुपर्छ ।’ यस्तै माधव नेपाल प्रधानमन्त्री भएको वेला- ‘अनिश्चितकालिन आम राजनीतिक हडताल गर्दै विद्रोहको तयारी गरेर सिंहदरवार कव्जा गर्ने योजना’ बनाउने यिनै बाबुरामहरू थिए ।’- महासचिव पोखरेलले कडा टिप्पणी गर्नुभएको छ ।

उहाँले गिरिजा र माधवले समस्या पारेका थिएनन्, केपी र सुशीलले विगारे भन्ने बाबुराम भट्टराईको भनाईप्रति कडा टिप्पणी गर्नुभएको हो ।

महासचिव पोखरेलले भन्नुभएको छ–‘विगतमा सत्ता कब्जाका लागि यस्ता योजनाका साथ चल्न पछि नपर्ने बाबुरामहरू अहिले यस्ता भनाइहरू सार्वजनिक गर्न लाज मानिरहेका छैनन् । विगतमा परिवर्तनका नाममा राष्ट्रिय राजनीतिलाई हत्या–हिंसाको पर्याय वनाउने माओवादीहरू अहिले आएर मुलुकको राजनीतिलाई अस्तव्यस्तता, अराजकता र औवसरवादमा परिणत गर्ने काम गरिरहेका छन् ।’

उहाँले एमाओवादीका नेताको परिवर्तनीय भनाईले राजनीतिक अविश्वास बढेको बताउनुभयो । ‘हिजो के बोलेको थिए, थाहा हुँदैन, आज के बोले भन्ने तुलना गर्न नसक्ने नेताबाट राजनीतिक अविश्वास बढाउने काम भएको छ ।’ उहाँले भन्नुभयो ।

पोखरेलको सन्देश जस्ताको तस्तै :

– हालै एमाओवादी नेता बाबुराम भट्टराईले भनेछन्–‘गिरीजा र माधवले समस्या पारेका थिएनन्, केपी र सुशीलले बिगारे’ । अचम्म लाग्यो-गिरीजाप्रसाद कोइरालालाई काठमाण्डौंको खुला मञ्चबाट लल्कार्दै यिनै बाबुरामले माओवादीले आयोजना गरेको खुला सभामा भनेका थिए । ‘बालुवाटारमा एउटा नालायक बुढो सुतेको छ, घिस्याएर मैदानमा ल्याएर पछार्नुपर्छ ।’

यस्तै, माधव नेपाल प्रधानमन्त्री भएकावेला अनिश्चितताकालिन आम राजनीतिक हडताल गर्दै विद्रोहको तयारी गरेर सिंहदरवार कव्जा गर्ने योजना’ बनाउने यिनै बाबुरामहरू थिए । विगतमा सत्ता कब्जाका लागि यस्ता योजनाका साथ चल्न पछि नपर्ने बाबुरामहरू अहिले यस्ता भनाइहरू सार्वजनिक गर्न लाज मानिरहेका छैनन् ।

विगतमा परिवर्तनका नाममा राष्ट्रिय राजनीतिलाई हत्या-हिंसाको पर्याय बनाउने माओवादीहरू अहिले आएर मुलुकको राजनीतिलाई अस्तव्यस्तता, अराजकता र औवसरवादमा परिणत गर्ने काम गरिरहेका छन् । अहिले बाबुरामहरूका सार्वजनिक भइरहेका अभिव्यक्तिहरू त्यसैका उदाहरणहरू हुन् । यस्ता हरकतहरूलाई केवल घृणा र अस्वीकार मात्र गर्न सकिन्छ ।