२ कार्तिक २०८३, सोमबार

मानवअधिकार आयोगले भन्यो–‘एसिड आक्रमणका दोषीलाई कारबाही गर’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

human-rights-commission-nepalकाठमाडौं, ११ फागुन । राष्ट्रिय मानव अधिकार आयोगले राजधानीमा हिजो भएको एसिड आक्रमण प्रकरणमा तत्काल छानविन गरी दोषिलाई कारवाही गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

सोमबार आयोगले एक प्रेस विज्ञप्ती जारी गर्दै दोषिलाई कारवाहीको दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराएको हो । यसैबीच आयोगका सदस्य सुदिप पाठकले एसिड आक्रमणमा घाइते भएका दुई किशोरी संगीता मगर र सीमा बस्नेतको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

साथै आयोगले बारा जिल्लामा छ वर्षीया बालिका बलात्कृत भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
आयोगले पीडितमध्ये संगीता मगरको अवस्थाबारे आयोगका सदस्य सुदिप पाठकको नेतृत्वको टोलीले ‘काठमाडौं मेडिकल कलेज’ मा पुगेर आवश्यक जानकरी संकलन गरेको छ ।

उपचारमा संलग्न डाक्टरका अनुसार विरामी खतरामुक्त रहे पनि घाउ निको हुन थोरैमा एक महिनाभन्दा बढी समय लाग्ने जानकारी प्राप्त भएको छ । सीमा बस्नेत उपचारपछि घर फर्केको जानकारी प्राप्त भएको छ ।

‘एसिड आक्रमणमा संलग्न व्यक्तिलाई यथाशक्य छिटो पहिचान गरी कानुनी कारबाहीको दायरामा ल्याउन आयोग सरकारको ध्यानाकर्षण गराउँदछ ।’ विज्ञप्तीमा भनिएको छ ।

आयोगले महिला, किशोरी तथा बालिकाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्य गर्न प्रभावकारी कदम चाल्नुपर्ने, पीडितको औषधोपचारको व्यवस्था गर्न एवम् एसिडको आयात, बिक्री-वितरण तथा प्रयोगमा कडाइ गर्न समेत सरकारसंग माग गरेको छ । ट्युसन पढ्न गएका युवतीमाथि केही युवकहरुले राजधानीमै एसिड फालेका थिए ।