सुनसरी । पूर्व युवराज्ञी हिमानी शाह सामाजिक कार्यमा सहभागिता जनाउन सुनसरी पुगेकी छिन् । हिमानी ट्रष्टमार्फत् सनसरीको ग्रामिण क्षेत्रको स्वास्थ्य चौकीलाई निःशुल्क एम्बुलेन्स वितरण गर्न हिमानी सोमबार सुनसरी पुगेकी हुन् ।
गतवर्ष बाढीपीडितलाई राहत दिएर चर्चामा आएकी हिमानीले अहिले स्वास्थ्य सेवाको पहुँच नपुगेका क्षेत्रमा ट्रष्टमार्फत एम्बुलेन्स दिन लागेकी हुन् । हिमानीलाई उनका समर्थकहरुले विमानस्थलमै पुगेर स्वागत गरेका थिए ।
गतवर्ष पूर्वराजा ज्ञानेन्द्र सहित राहत वितरणमा गएकी हिमानी अहिले एक्लै गएकी छिन् । उनका समर्थकले उनलाई सुनसरीमा भव्य स्वागत समेत गरेका छन् ।
आफ्ना पति पारसलाई भेट्न भर्खरै थाइल्याण्ड गएकी हिमानीले स्वदेश फर्के लगत्तै एम्बुलेन्स वितरण गर्न गएकी हुन् । सामाजिक सेवा सञ्चालन गर्दै आइरहेको उनको ट्रष्टले धेरै गरिब दिनदुखीलाई सघाएको छ ।
















प्रतिक्रिया