काठमाडौं, ११ फागुन । वेष्ट रेमिट नेपालले खाडी मुलुक यूएईबाट कारोवार सुरु गरेको छ । वैदेशिक रोजगारीमा गएका प्रवासी नेपाली कामदारहरुको सहजताका लागि वेष्ट रेमिटले सोमबारदेखि लागू हुनेगरी यूएईबाट कारोवार सुरु गरेको हो ।
रेमिट्यान्स क्षेत्रमा आएको छोटो समयमा वेष्ट रेमिट नेपालले आफ्नो सञ्जाल देश तथा विदेशमा बिस्तार गरिरहेको छ । यसै क्रममा वेष्ट रेमिटले भर्खरै यूएईमा रहेको नेशनल एक्सचेञ्ज कम्पनीसँग रेमिट्यान्स भुक्तानी सम्बन्धी सम्झौता गरेको छ ।
सो सम्झौतामा बेष्ट रेमिटका तर्फबाट गल्फ प्रमुख अनिल कार्की र नेशनल एक्सचेञ्जका जनरल मेनेजर अरवाव अलि नरेजोले सयुक्त रुपमा हस्ताक्षर गरेपछि रेमिट्यान्स कारोवार शुरु भएको हो ।
यो सम्झौतासँगै अब यूएईमा रहेका नेशनल एक्सचेञ्जका ९ वटा शाखाबाट बेष्ट रेमिटमार्फत स्वदेशमा पैसा पठाउन सकिने छ । धेरै नेपालीहरु कार्यरत रहेको यूएईमा बेष्ट रेमिटको यो सम्झौताले सेवाग्राहीमा थप सहजता मिल्ने बेष्ट रेमिटका गल्फ प्रमुख कार्कीले बताए ।
बेष्ट रेमिटले खाडी तथा अन्य देशमा रहेका बैंक तथा एक्सचेञ्ज हाउससँग तीव्र रुपमा रेमिट्यान्स सम्झौता गरिरहेको जनाएको छ ।
यो सम्झौतासँगै विश्वका विभिन्न मुलुकबाट बेस्ट रेमिट मार्फत पठाएको रकम अब बेस्ट रेमिटका २४ सय भन्दा बढी एजेण्ट, सब–एजेण्ट तथा सम्झौता भएका विभिन्न बैंक तथा वित्तीय संस्थाबाट भुक्तानी लिन सकिने जनाइएको छ ।
वेष्ट रेमिटले आफ्नो सेवा बिस्तार सँगसँगै रेमिट्यान्स सम्बन्धि जनचेतनामूलक कार्यहरु पनि संचालन गर्दै आएको छ । सोही क्रममा वेष्ट रेमिटका ब्राण्ड प्रमुख माधव डाँगीले पश्चिमाञ्चलको भ्रमण गरी त्यहाँ आयोजित महोत्सव तथा मेलामा बेष्ट रेमिटका साथै रेमिट्यान्सको बारेमा उपस्थित जनमानस, सवएजेण्ट तथा व्यापारी वर्गलाई जानकारी गराएका थिए ।
















प्रतिक्रिया