११ कार्तिक २०८३, बुधबार

आन्दोलन ‘हिंसात्मक’ भए एमाओवादीलाई सरकारले कारवाही गर्छ : उपप्रधानमन्त्री सिंह

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

prakashman-singhविराटनगर, ११ फागुन । उपप्रधान तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले एकीकृत नेकपा माओवादी नेतृत्वको ३० दलिय मोर्चाले फागुन १६ गते आयोजना गरेको आन्दोलनमा हिंसात्मक गतिविधी गरेको पाइएमा सरकारले कारवाही गर्ने चेतावनी दिनुभएको छ ।

उहाँले एमाओवादी वार्ता नआएर ठुलो गल्ति गर्दैछ भन्नुभयो । एमाओवादीले शान्तिपूर्ण आलगायतका दललाई आन्दोलन छोडी वार्तामा आउन आह्वान समेत गर्नुभयो ।

विराटनगरमा सञ्चारकर्मीसँगको सङ्क्षिप्त भेटघाटमा उहाँले एमाओवादी लगायतका दललाई चित्त बुझाएर सहमतिमा ल्याउने प्रयास भइरहेको जानकारी दिँदै सहमतिको नाममा संविधान निर्माणको काममा ढिलाइ नगर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो– “सबै राजनीतिक दलको सहमतिमा बनेको नियमावलीअनुसार प्रक्रियाबाट संविधान निर्माणको कार्य चाँडो टुङ्ग्याउन कार्यतालिका परिवर्तन गर्नेछौँ । प्रक्रियाबाट पनि संविधान निर्माणको काम अझै चार/पाँच महिना लम्बिन सक्छ ।”

संविधान जारी भएपछि वर्तमान सरकारले राजीनामा दिने स्पष्ट गर्दै उहाँले फागुन १६ गतेदेखि गर्ने भनिएको आन्दोलन शान्तिपूर्ण नभए सरकारले कानुनबमोजिम कारबाही गर्ने बताउनुभयो ।