जनकपुरधाम, ११ फागुन । जनकपुरकै ठुलो जटही-पिप्रोन नाका आजबाट खुलेको छ । व्यापारीको मागलाई दृष्टिगत गरी भारतीय पक्षले आदेदेखि लागू हुनेगरी जटही-पिप्रोन नाका खोलेको हो ।
जयनगर-जनकपुर रेल्वे सेवा बन्द भएसँगै करिब डेढ वर्षदेखि जयनगर-खजुरी नाका ठप्प भएपछि यस क्षेत्रका व्यापारीहरुको मालसामान ल्याउन समस्या भएको थियो ।
जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा जनकपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष शिवशङ्कर साहले भारतीय पक्षले नाका खोलरे सहज भएको बताउनुभयो । उहाँले जटही-पिप्रोन नाका खुलेपछि जनकपुर क्षेत्रको व्यापारमा वृद्धि हुने बताउनुभयो ।
जयनगर-जनकपुर नाका बन्द भएपछि जनकपुरको व्यापारमा निकै कमी आएको समस्याबारे नेपाल सरकारलाई उद्योगी व्यवसायीले जानकारी गराएपछि नेपाल सरकारबाट विशेष पहलका आधारमा भारतको वित्त मन्त्रालयले भारतको पिप्रोनमा नाका खोल्ने स्वीकृति दिएको उहाँले जानकारी दिनुभयो ।
















प्रतिक्रिया