२ कार्तिक २०८३, सोमबार

चितवनका होटलमा प्रहरीले छापा हानेपछि…

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sex-Nepal

चितवन, ११ फागुन । चितवनका होटल तथा लजमा प्रहरीले छापा मारेर केही जोडीलाई रंगेहात पक्राउ गरेपछि चितवनका होटल व्यवसायी आन्दोलित भएका छन् ।

सुरक्षित रुपमा होटल व्यवसाय गर्न नपाएको भन्दै होटल व्यवसायी संघ चितवनले आजदेखि अनिश्चितकालिन व्यवसाय बन्द गरेको हो । मुग्लिनदेखि भरतपुर क्षेत्रमा रहेका होटल, रेष्टुरेन्ट तथा गेष्टहाउसहरु अनिश्चितकालसम्मको लागि बन्द गर्ने संघका जिल्ला अध्यक्ष डासीराम ढकालले जानकारी दिए । ढकालले जिल्लाका होटल व्यवसायीहरुलाई धरासायी बनाउने गुरुयोजना नै बनाई बेलुका ९ बजेदेखि नै होटल बन्द गराउने र छापामार शैलीमा गेष्ट हाउसमा बसेका पाहुना तथा व्यवसायीहरुलाई हिरासतमा लिने कार्यको विरुद्वमा आन्दोलनमा उत्रनु परेको बताए । प्रहरीले शनिबार भरतपुर र नारायणगढका होटलहरुमा छापा मारेर ४९ जोडीलाई पक्राउ गरेको थियो ।