२ कार्तिक २०८३, सोमबार

श्रीमान वैदेशिक रोजगारीमा गएको बेला परिवारबाटै श्रीमतीको हत्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Knife-mudor

वीरगन्ज, ११ फागुन । पर्सा जिल्लाको प्रसौनीभाठा गाविस–८ की स्थानीय एक महिलाको शव शङ्कास्पद अवस्थामा फेला परेको छ ।

घरमा नै गएराति पासो लगाएर झुन्डिएको अवस्थामा सोही ठाउँका जितेन्द्र पटेलकी २० वर्षीया श्रीमती बिनिता पटेलको शव फेला परेको हो । शङ्कास्पद अवस्थामा शव फेला परेका कारण उनको हत्या भएको हुन सक्ने इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक निशान्त थापाले बताउनुभयो ।

उनका पति जितेन्द्र वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा रहेका कारण पनि उनको हत्या भएको हुन सक्ने आशङ्का गरिएको हो ।

घरपरिवारका सदस्यहरु सबै फरार रहेको प्रहरीले जनाएको छ । शवपरीक्षणका लागि नारायणी अस्पताल वीरगन्जमा ल्याइएको छ ।