३० आश्विन २०८३, शुक्रबार

मोरङका उद्योगमा बीस हजार रोजगार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, ११ फागुन । मोरङ जिल्लामा रहेका २९५ उद्योगबाट २० हजारभन्दा बढीले रोजगारीको अवसर पाएका छन् ।

जिल्ला विकास समिति मोरङका अनुसार २९५ मध्ये नेपाली नागरिकको स्वमित्वमा २८७ वटा उद्योग सञ्चालनमा गरेका छ । जसमा १८ हजार ८८६ जनाले रोजगारी पाएको जिविसले जनाएको छ । २३२ जनाले विदेशीले सञ्चालन गरेको तीन उद्योगबाट रोजागारी पाएका छन् । साझेदारीमा चलेका तीन उद्योगले १५५ जनालाई रोजगारी दिएको छ ।

त्यसैगरी सरकारको स्वमित्वमा दुई उद्योग रहेका छन् । मोरङमा रहेका २९५ उद्योगमा २० हजार ४६१ जनाले रोजगारी पाएको जिविस मोरङले जनाएको छ । रासस