११ कार्तिक २०८३, बुधबार

‘फेरी’ बिग्रिएपछि छिन्चु–जाजरकोट सडकमा यात्रुलाई सास्ती

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rakam-Nadi-Ko-Feriवीरेन्द्रनगर, ११ फागुन । पूर्वी सुर्खेतको राकम नदीमा चल्ने गरेको फेरी पुनः बिग्रिएको छ ।

छिन्चु–जाजरकोट सडकखण्डमा पर्ने सो फेरी मर्मत गरेको केही दिन चली पुनः बिग्रिँदा यात्रु अलपत्र पर्ने गरेका छन् ।

राकममा निमार्णकार्य चलिरहेको पक्की पुल सम्पन्न नहुँदा सवारीसाधन आवतजावतका लागि सञ्चालनमा ल्याइएको फेरीले यात्रुलाई सास्ती दिई अलपत्र पार्ने गरेको छ ।

फेरी महिनामा केही दिन चल्छ भने धेरै दिन ठप्प हुने गर्छ जसले गर्दा यात्रुलाई मर्कामा पार्ने गरेको छ ।

बिहीबार मध्याह्नदेखि बिग्रिएको फेरी अझसम्म चल्न सकेको छैन ।

फेरी बन्द हुँदा आसपासका स्थानीयवासी महँगीको चपेटामा पनि परेका छन् ।

जाजरकोटबाट सुर्खेत पु्ग्न हिँडेका यात्रु जयबहादुर बोहराले फेरीले विगतदेखि नै सताउने गरेको बताउनुभयो ।

रातिको समयमा यात्रा गर्दा फेरी नचल्दा यात्रु सल्लीबजार र राकममै अलपत्र पर्ने गरेको अनुभव उहाँको छ ।

आफूहरु झोलुङ्गे पुलबाट हिँडेर वारिपारि गरे पनि खाद्यका सामानहरु वारपार गराउन मुस्किल हुने गरेको अनुभव उहाँको छ ।