२ कार्तिक २०८३, सोमबार

साढे चार किलो चरेससहित भारतीय युवक पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Charesभीमदत्तनगर, ११ फागुन । सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालयबाट खटिएको अनुसन्धान ब्यूरो र बेलौरी इलाका प्रहरी कार्यालयको संयुक्त टोलीले साढे चार किलो चरेससहित भारतीय नागरिकलाई कञ्चनपुरबाट पक्राउ गरेको छ ।

आइतबार बेलुकी प्रहरीको टोलीले कञ्चनपुरको बेलौरी नगरपालिका–३ राना चौराहबाट भारतको पिलिभितका २४ वर्षीय राजकुमार गिरीलाई चरेससहित नियन्त्रणमा लिएको प्रहरीको सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान टोलीका संयोजक प्रहरी नायब उपरीक्षक वीरेन्द्र जोहारीले जानकारी दिनुभयो ।

संयोजक जोहारीले नियन्त्रणमा लिएका अभियुक्त गिरीलाई नेपालमा चरेस खरिद गरी भारत लगिरहेको अवस्थामा पक्राउ गरिएको बताउनुभयो ।

गिरीसँगै भारतीय नम्बर प्लेटको मोटरसाइकलसमेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

चरेससहित सोमबार जिल्ला प्रहरी कार्यालयलाई बुझाइने संयोजक जोहारीले बताउनुभयो ।

सोही क्षेत्रबाट अनुसन्धान टोलीले केही साताअघि भारतीय नागरिकलाई बाघको छाला र हड्डीसहित पक्राउ गरेको थियो ।