काठमाडौं, ११ फागुन । मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्न सुरू भएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्ने भएको छ ।
बालुवाटारमा बैठकमा भातृसंगठनहरूको अधिवेशन, सरकारको कामकारबाही, संविधान निर्माणलगायतका विषयमा छलफल हुनेछ ।
समग्र विषयमा धारणा राख्दै आएका केन्द्रीय सदस्यहरूले सरकारले काम गर्न नसेको, भ्रष्टाचार मौलाएको भन्दै विरोध समेत गरेका छन् ।
उनीहरूले कांग्रेसको संगठन पनि भताभुङ्ग भएको भन्दै नेतृत्वको आलोचना गरेका छन् । बैठक एक बजेपछि बस्ने कार्यक्रम छ ।















प्रतिक्रिया