२ कार्तिक २०८३, सोमबार

युवा संघ नेपालका कार्यकर्तामाथि आक्रमण (विज्ञप्ती सहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

yauth forceप्युठान, १० फागुन । नेकपा एमाले निकट युवा संघ नेपाल (युथ फोर्स)का जिल्ला सदस्यमाथि प्युठानमा आक्रमण भएको छ ।

प्युठानमा जारी स्वर्गद्वारी प्यूठान दोस्रो महोत्सवमा स्वयंसेवकका रुपमा खटीएका युवा संघका जिल्ला कमिटी सदस्य प्यूठान नगरपालिका ९का राकेश जिएमलाई ४/५ जनाको समुहले बाटोमा आक्रमण गरेका हुन् ।

कुटपिटबाट युवा संघका सदस्य राकेश जिएम घाईते भएका छन् । उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।

पीडित जिएमका अनुसार प्यूठान नगरपालीका ४ बिजुवार बस्ने अन्दाजी वर्ष ३२ को सनत कुमार श्रेष्ठको नेतृत्वमा वर्ष २३ को साजन श्रेष्ठ, वर्ष ३० को असन श्रेष्ठ, वर्ष २३ को प्रदिप श्रेष्ठ, वर्ष ३० को निराजन श्रेष्ठ, वर्ष २५ को ओम श्रेष्ठ, वर्ष ३० को श्रीनारायण श्रेष्ठ लगायतका अन्य नाम नखुलेका ब्यक्तिहरुले उनलाई आक्रमण गरेका हुन् ।

यसैबीच युवा संघ नेपाल प्युठान जिल्ला कार्यसमितिले एक विज्ञप्ती जारी गर्दै आफ्ना सदस्यमाथि भएको आक्रमण भत्र्सना गरेको छ । ‘हाम्रा सक्रिय सदस्य एवं यस संघका जिल्ला कमिटी सदस्य प्यूठान नगरपालीका ९ बस्ने राकेश जिएमलाई आक्रमण भएको विषयले हाम्रो संगठनको गम्भिर ध्यानाकर्षण भएको छ ।’ विज्ञप्तीमा भनिएको छ ।

युवा संघले विज्ञप्ती मार्फत योजनाबद्ध तरिकारले आक्रमण गर्नेहरुमाथि कडा कारवाही गर्न प्रशासनसंग माग गरेको छ । ‘सार्वजनिक स्थानमा बाटो ढुकी कुटपिट गरी सार्वजनिक अपराध गरेकाले जिल्ला प्रहरीमा समेत जाहेरी परेको अवस्थामा निष्पक्ष छानबिनको माग गर्दै पीडितलाई न्याय दिलाउन र पीडकलाई हदैसम्म कानुनी कार्बाही गर्न माग गर्दछौं ।’ विज्ञप्तीमा उल्लेख गरिएको छ ।

यस्ता खालका घटनामा रोक नलगाए कडा आन्दोलन गर्ने युवा संद्ध नेपालले चेतावनी समेत दिएको छ । ‘यस्ता अराजक, उच्छिङखल घटनाहरुले समाजमा बिधिको शासन कायम गर्न चुनौती दिएकोले यस्ता घटनाको अन्त्य नहुँदासम्म र सत्य तथ्य छानबिन गरी अपराधीलाई न्यायको कटघरामा नलिएमा राजनीतिक खोल ओढी घटनाको ढाकछोप गरेमा हाम्रो संगठन चुप लागेर नबस्ने र जस्तोसुकै कडा आन्दोलनमा उत्रिन बाध्य हुने चेतावन दिन चाहन्छौं ।’ अध्यक्ष श्रीधर रोकाद्धारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख छ ।